अवैध लागूऔषध सहित पक्राउ



धनुषा : औरही गाउँपालिका-२ हनुमान मन्दिर नजिकबाट ३१ वर्षीय प्रबिन कुमार मण्डललाई विभिन्न अवैध लागूऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।

मण्डलको साथमा १ सय एमएलको कोरेक्स ३ बोतल, नाईट्रोजन २८ ट्याबलेट, स्पास्मो ५ ट्याब्लेट, नाईट्रोभेट २२ ट्याब्लेट र अवैध लागूऔषध गाँजा ५० ग्राम फेला पारी उनलाई ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरीले पक्राउ गरेको हो ।

यस्तै झापा, बिर्तामोड नगरपालिका-५ स्थित कृष्ण चित्रहल छेउबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय पवन चौधरी र २८ वर्षीय महेश गुरुङ्ग रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित उनीहरुलाई फेला पारेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्