आगलागीमा बालकको मृत्यु 



विराटनगर : तेह्रथुम जिल्लाको आठराई गाउँपालिकास्थित ह्वाकूमा आइतबार आगलागी हुँदाएक बालकको मृत्यु भएको छ । 

 

स्थानीय रुद्र खातीको घरमा दिउँसो आगलागी हुँदा खातीका ६ वर्षीय छोरा मौसम खातीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 

  आगलागीमा परी खातीका दुईवटा घर जलेर नष्ट भएका छन् । घटनापछि इलाका प्रहरी कार्यालय संक्रान्तिबजारबाट घटनास्थल पुगेको प्रहरीको टोलीले क्षतिको विवरण संकलन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्