मिक्सचर मेसिनले किचेर ठेकेदारको मृत्यु



विराटनगर : सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–७ मा सोमबार साँझ मिक्सचर मेसिनले किचेर ठेकेदारको मृत्यु भएको छ । 

स्थानीय गार्मा माध्यमिक विद्यालयको नव निर्मित भवन निर्माणका लागि सिमेन्ट, बालुवा र गिट्टी घोल्न प्रयोग गरिएको मिक्सचर मेसिन सार्ने क्रममा खाल्डोमा परेर पल्टँदा दूधकुण्ड–४ सुर्केका धनकुमार श्रेष्ठको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

मेसिनले किचेर घाइते भएका श्रेष्ठको उपचारका क्रममा जिल्ला अस्पताल फाप्लुमा एक घण्टापछि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि अस्पतालमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्