विप्लव समूहकी उमा भुजेल रिहा हुनेवित्तिकै पुनः पक्राउ



काठमाडौं : गोरखाबाट रिहा हुने वित्तिकै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेल पुनः पक्राउ परेकी छिन् ।

बिहीबार जिल्ला अदालत गोरखाबाट पाँच हजार धरौटीमा रिहा भएकी भुजेललाई जिप्रका ललितपुरले पुनः पक्राउ परेकी हुन् ।

प्रहरी प्रमुख एसपी ओम अधिकारीले रिहा हुने वित्तिकै ललितपुर जिप्रकाले पक्राउ पुर्जी अनुसार नियन्त्रण लिएर पठाइएको जानकारी दिए ।

उनी सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दामा गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी थिइन् । उनलाई झापा, धनुषा, कैलाली जिल्ला हुँदै गोरखा लगिएको थियो ।

उनी राजनीतिक गतिविधिमा प्रतिबन्धित विप्लव समूहको मेची–कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य हुन् । १० वर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा छ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्