रुपन्देही र कपिलवस्तुमा १४ जना कोरोना संक्रमित थपिए



काठमाडौं : रुपन्देही र कपिलवस्तुमा थप १४ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीका ५ जना र कपिलवस्तुका ९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

रुपन्देहीका ओमसतिया गाउँपालिका वडा नं ३ का १९ वर्षीय पुरूष, रोहिणी गाउँपालिका वडा नं २ का १९ वर्षीय पुरूष, शुद्धोधन गाउँपालिका वडा नं ७ का ३३ र ३८ वर्षीय २ जना पुरूषमा कोरोना पुष्टी भएको हो । शुद्धोधनका एक जना लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका विरामी हुन् । योसँगै रूपन्देहिमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ ।

यस्तै कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं. ५ का १९ र २९ वर्षका २ जना पुरुष, वडा नं. ६ का वर्ष २३ र ३६ का २ जना पुरुष रहेका छन् । विजयनगर गाउँपालिका वडा नं ३ का वर्ष २५ का १ जना पुरुष, वडा नं ५ का वर्ष २४ का १ जना पुरुष र वडा नं ६ का वर्ष २२,३२,४८ का ३ जना पुरुषमा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड १९ फोकल पर्सन कुमार थापाले बताए ।

यससँगै कपिलवस्तुमा संक्रमितको संख्या ४ सय ८४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्