स्थानीयको दुर्व्यवहार गरेको भन्दै कमल गाउँपालिकामा स्वास्थ्य सेवा ठप्प



काठमाडौं : झापाको कमल गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प पारेका छन्।

स्थानीयहरुले दुर्व्यवहार गरेको भन्दै उनीहरुले शुक्रबारदेखि सबै स्वास्थ्य सेवा ठप्प पारेका हुन्। वडा नं ३ कार्यालय अन्तर्गत स्वास्थ्य शाखामा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण र क्वारेन्टाइन व्यवस्थापनमा खटिएका स्वास्थ्य कर्मचारीहरुलाई स्थानीयहरुले दुर्व्यवहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्