नेपालले स्कटल्यान्डमा खेल्ने भनिएको एकदिवसीय सिरिज स्थगित



काठमाडौं : नेपालले स्टल्यान्डमा खेल्ने भनिएको आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिज स्थगित भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले स्कटल्याण्डमा हुने सिरिज स्थगित गरिएको जनाएको छ । कोरोना भाइरसका कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको हो ।

यस अघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको सिरिज स्थगित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्