श्रीमतीको हत्या आरोपमा पक्राउ



झापा : झापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले श्रीमती हत्या गरेको आरोपमा मंगलबार १ जनालाई पक्राउ गरेको छ। घरायसी विवादका क्रममा कोदालोको पासो र बाँसले हानेर श्रीमतीको हत्या गरेको आरोपमा मेचीनगर–१५ का ३५ वर्षीय लखिन्द्र राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार खगिन्द्रले आज बिहान करीब ६ः३० बजे आफ्नी श्रीमती ३४ वर्षीया चम्पली राजवंशीलाई कोदालोको पासो र बाँसले हानेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव परीक्षणको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको जिप्रकाले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्