बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ



झापा : झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन् ।

प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ ।

इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरिएको छ । उनले भने, ‘जिल्ला अदालत, झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्