कुवेतबाट फर्किएका धरानका दुई महिलामा कोरोना संक्रमण



विराटनगर : जेठ २९ गते कुवेतबाट स्वदेश फर्किएक दुई महिलामा कोरोना संक्रमण देखिएको छ ।

कुवेतबाट काठमाडौं ओर्लिएर सुनसरीको बराह क्षेत्रमा निर्मित कृष्णदास महाराजको आश्रममा रहेको होल्डिङ सेन्टरबाट उनीहरूलाई धरान १७ को एन्फा एकेडेमीको क्वारेन्टाइन ल्याइएको थियो ।

स्वाब परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो । अहिले दुबैलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार कोरोना देखिनेमा एकजना ४३ वर्षीया र अर्की ३७ वर्षीया महिला छन् । जेठ ३२ गते धरान पुगेका उनीहरु धरानकै बासिन्दा हुन् ।

एन्फा क्वारेन्टिनका ४५ जनाको स्वाब परीक्षण गर्दा दुईजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्