प्रदेशसभामा शोक प्रस्ताव पारित



विराटनगर : प्रदेश १ प्रदेशसभा बैठकले ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबारको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

गत बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका वीरेन्द्रप्रसाद श्रेष्ठ, धुव्रदास भोछिभया र मन्त्री अधिकारीका सुरक्षागार्ड अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो । संसदको अर्को बैठक आगामी फागुन २६ गते दिउँसो १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्