जवरजस्ती करणी गर्न खोज्ने एक ब्याक्ति पक्राउ 



विराटनगर : सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरी युवतीहरूलाई गैर सरकारी संस्था (एनजीओ) मा राम्रो जागिर लगाइदिन्छु भन्दै जवरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी घर भएका सन्तोषकुमार यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

यादवले एनजीओमा जागिर लगाइदिन्छु भन्दै एक युवतीलाई विराटनगर महानगरपालिका–५ स्थित उखु बारीमा लगी जवरजस्ती करणको प्रयास गरेको श्रेष्ठको भनाइ छ । उनका अनुसार यादवले लगेको युवतीसँग रहेको मोबाइल र पैसा समेत बरामद भएको छ । पक्राउ परेका यादवविरुद्ध जवरजस्ती करण उद्योगको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्