सप्तरीमा मोटरसाइकल दुर्घटना, आमा छोराको मृत्यु



सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुरमा गए राति भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–५ रंजितपुर निवासी ३० वर्षीय वीरेन्द्र दास र उनकी ५० वर्षीया आमा सुद्धनीदेवी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ झ ४८७ नम्बरको टाटासुमो र विपरीत दिशाबाट आउँदै गरेको स १० प ९०५० नम्बरको दास सवार मोटरसाइकल एकापसमा ठक्कर खाएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकलमा सवार आमा, छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यता घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्