सप्तरीमा चट्याङ् लागेर ४ जनाको मृत्यु



सप्तरी : सप्तरीमा आज बिहिबार बिहान चट्याङ्ले लागेर चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

महदेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय सेबी ठाकुर र २७ वर्षीय बेचन यादव, राजगढ गाउँपालिका वडा नम्बर ४, बेचीचपेनाका ४६ वर्षीय केसीलाल साह र डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ की ३० वर्षीया ललितादेवी यादवको चट्याङ् लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्