श्रीमतीको हत्याको अभियोगमा श्रीमान पक्राउ



धनुषा– श्रीमती कुटपिट गरी हत्या गरेको अभियोगमा २५ वर्षीय सुरेश सदालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोमा उनी पक्राउ परेका हुन् ।

सुरेशको कुटपिटबाट गम्भीर घाइते भएकी रुन्चीको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुगानिकाशबाट र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्