आज मध्यरातबाट लकडाउनको अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौंः सरकारले आज (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन् । उनले भने,’आजभरै रातिबाट हामी लकडाउनमा छौं भनेर भन्नुपरेन, कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ, अब यो साउन महिनाभरिको अवस्था हेर्छौं, त्यसपछि भदौमा थप निर्णय लिन्छौं ।’

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ । सामूहिक भोज, पार्टी जस्ता गतिविधि गर्न भने नपाइने उनले बताए । सरकारले कोरोना संक्रमणको जोखिमका कारण गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्