मोरङको बेलबारीमा शंकास्पद वस्तु फेला पर्यो



मोरङ : मोरङको बेलबारीमा शंकास्पद बस्तु फेला परेको छ। बेलबारी नगरपालिका–१० स्थित  पूर्वपश्चिम राजमार्गमा पर्ने चिसाङ खोलाछेउ सडकको बीचमा प्रेसरकुकर भेटिएको छ। 

कुकरको माथिल्लो  भागमा रातो टेपले बाँधेर २० मिटर जति तार जंगलभित्र लगेको स्थानीयले बताए। दिउँसो करिब २ बजेतिर सडकमा हिँडिरहेका सर्वसाधारणलाई आफूहरू विप्लव कार्यकर्ता भएको र सडकमा बम राख्न लागेकाले वरपर नआउन केही युवाले सचेत गराएका थिए। 

बम डिस्पोजल गर्ने टोली घटनास्थल पुगि नसकेकाले करिब डेढ घन्टायता राजमार्ग अवरुद्ध छ। प्रहरीले शंकास्पद वस्तुदेखि एक किलोमिटर दायाँ बायाँ सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्