३ दिनदेखि वेपत्ता युवती मृत फेला



धनगढीः कैलालीमा ३ दिनदेखि वेपत्ता युवती मृत फेला परेकी छिन् ।

जिल्लाको गोदावरी नगरपालिका वडा नं.१० मा स्थानिय २२ वर्षीया बिवाहित युवती मृत फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले नहर किनारमा रहेको झाडीमा शव भेटिएको वताए ।

‘११ गतेदेखि उनी वेपत्ता रहेको जानकारी आएको छ,’ प्रहरी नायव उपरिक्षक विष्टले भने,‘मृत अवस्थामा फेला परेपछि मृतकका श्रीमान ओम साउदसंग सोधपुछ भैरहेको छ । अहिले नै के–कसरी मृत्यु भयो भन्न सकिदैन् ।’

यता मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या नै भएको आरोप लगाएका छन् । मृतकका काका शिव साउँदले लक्ष्मीको हत्या नै भएको बताए । उनले भने,‘घटनाको प्रहरीले सत्यतथ्य बाहिर ल्याउनपर्छ ।’

प्रतिक्रिया दिनुहोस्