प्रदेश २ मा मंगलबार १४ जना नेपाली सेना सहित ३६ जना संक्रमित



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ३६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार महोत्तरीमा १५ जना, धनुषामा १२ जना, सप्तरीमा ७ जना, सिरहामा १ जना र सर्लाहीमा १ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ५ हजार ४५ पुगेको छ । संक्रमितमध्ये ४ हजार ५ सय ८८ पुरुष र ४ सय ५७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु सम्सी गाउँपालिका-३ स्थायी ठेगाना भई हाल प्रादेशिक अस्पतालमा रहेका ३२ बर्षिय एक पुरुष र रणभिम गण प्रकौली ब्यारेक जलेश्वरमा कार्यरत २४ देखि ४७ बर्ष उमेर समुहका १४ जना नेपाली सेना रहेका छन् ।

धनुषाका संक्रमितहरु जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१, ४ र १५ का २३ देखि ४४ बर्ष उमेर समुहका ५ जना पुरुष, जनकपुरधाम-१ स्थित माछापुछ«े बैंकमा कार्यरत २९ बर्षिया एक महिला र ३० र ३१ बर्षिय २ जना पुरुष कर्मचारी, सबैला नगरपालिका-७ का ३१ बर्षिय एक पुरुष, धनौजी गाउँपालिकाका २५ बर्षिय एक पुरुष, विदेह नगरपालिका-२ का २२ बर्षिय एक पुरुष र जनस्वास्थ्य कार्यालय धनुषामा कार्यरत २१ बर्षिया एक महिला कर्मचारी रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिका८ का २० देखि ३८ बर्ष उमेर समुहका ७ जना पुरुष समेत संक्रमित भएका छन् भने सिरहाको औरसा-९ का ३९ बर्षिय एक पुरुष र सर्लाहीको रामनगर गाउँपालिका-१ का २२ बर्षिय एक पुरुष संक्रमणको चपेटमा परेका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा ८ हजार ८ सय ६२, सिरहामा ४ हजार २ सय १६, धनुषामा ६ हजार ४ सय ६९, महोत्तरीमा ४ हजार ८६, सर्लाहीमा ६ हजार २ सय १, रौतहटमा १५ हजार ७ सय ११, बारामा ५ हजार २ सय ७६ र पर्सामा ११ हजार ४ सय ६७ जना गरि जम्मा ६२ हजार २ सय ८८ जनाको स्वाब परिक्षण गरिएकोमा ५ हजार ४५ जना संक्रमित भएका छन् भने ५४ हजार ७ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ९ सय १८, सिरहामा १ सय ३५, धनुषामा ५ सय २०, महोत्तरीमा ४ सय ३६, सर्लाहीमा ९४, रौतहटमा १ सय ७१, बारामा १ सय ३६ र पर्सामा १ सय २८ जना गरि कुल २ हजार ५ सय ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय ८, सिरहामा १४, धनुषामा ७८, महोत्तरीमा ५१, सर्लाहीमा ३६, रौतहटमा ८६, बारामा ९५ र पर्सामा २८ जना गरि ५ सय ९६ जनाको स्वाब संकलन गरिएको छ ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ८ सय ६७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ६३, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ६, सर्लाहीमा ६, रौतहटमा १ सय २७, बारामा ४६ र पर्सामा २९ जना गरि कुल १ हजार २ सय ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ६ सय ६२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार ६ सय २३ बेड क्षमताको २ सय ५२ वटा क्वारेन्टाइनमा अहिले १ हजार ५ सय २० जनालाई राखिएको छ भने २ हजार ४ सय १ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ४ सय ४९ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ९४, सिरहामा २५, धनुषामा ९३, महोत्तरीमा ५२, सर्लाहीमा ३०, रौतहटमा २, बारामा १३ र पर्सामा २ सय ७१ जना गरि ६ सय ८० जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जना संक्रमित भएका छन् । महोत्तरीमा ८ सय ३८, धनुषामा ७ सय ४१, सर्लाहीमा ७ सय १२, पर्सामा ५ सय ८०, सप्तरीमा ५ सय २२, सिरहामा २ सय १५ र बारामा १ सय ७८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २७ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका १, सर्लाहीका १८ र बाराका ८ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय ५४, सिरहाका १ सय ६६, धनुषाका ५ सय ८०, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय ५२, रौतहटका ७ सय ५०, बाराका १ सय ७० र पर्साका १ सय ९५ जना गरि ३ हजार २ सय ११ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १२, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : साउन २०, २०७७

प्रतिक्रिया दिनुहोस्