भ्रामक सूचना फैलाएको आरोप लगाउदै फेसबुकले हटायो ट्रम्पको पोष्ट



एजेन्सी : फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोष्ट हटाएको छ ।

कोरोना भाइरस सम्बन्धी भ्रामक सूचना फैलाएको भन्दै फेसबुकले ट्रम्पको पोष्ट डिलिट गरिदिएको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित रहेको दाबी गरेका थिए ।

ट्रम्पको उक्त पोष्ट फेसबुकको नीति विपरित रहेकाले हटाइएको फेसबुकका प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्