दसैंकाे समयमा पेट्राेल अभाव, सर्वसाधारण मारमा



पाँचथर : दसैंको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दसैं अगाडि नै आयात भएको पेट्रोल यसअघि नै सकिएको थियो । पेट्रोलको अभाव भएसँगै आफन्तकहाँ गई टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् । 

 

कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । जिल्लामा रहेका तीनवटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको पेट्राेल पम्प सञ्चालकहरुले बताएका छन् । पाँचथरमा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ । 

 

जिल्लामा पेट्रोल आयात गरेर बिक्री गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताले बताएका छन् । जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारीमा पेट्रोल खपत हुने विक्रेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्