काभ्रेभीरमा सुख्खा पहिरो खसेपछि भागाभाग



जोमसोम : राष्ट्रिय गौरवको निर्माणधिन बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत ७६ किलोमिटर बेनी-जोमसोम सडकको काभ्रे भीरमा शुक्रबार बिहान अचानक सुख्खा पहिरो खसेपछि त्यहा सडक ट्याक खोल्न खटिएका मजदुर र सडक निरीक्षणमा खटिएका जनप्रतिनिधिहरुको भागभाग भएको छ। म्याग्दी र मुस्ताङको अन्तिम अवरुद्ध बेनी-जोमसोम सडकको काभ्रेभीर सडकको ट्याक शुक्रबार साझसम्म सूचारु गराउने योजना थियो। तर मौसम प्रतिकुलताका कारण सुख्खा पहिरो गएको स्थानमा ढुङ्गा र माटो खस्ने क्रम नरोकिएपछि सडक खोल्ने योजना अन्योल तत्कालका लागि स्थगित गरिएको हो।

गत श्रावण ५ गते बेनी-जोमसोम सडकको दर्जनौ स्थानमा बाढि/पहिरो र नदी कटानले विगत १ महिना अघि देखि सडक आवागमन ठप्पै छ। यस्तै ,असार २८ गते बेनी-जोमसोम जोड्ने म्याग्दीको रघुगंगा गाउपालिकाको गलेश्वरको बेलिब्रिज बाढीले क्षति बनाएको थियो। श्रावण २७ गते मुस्ताङ जोड्ने उक्त बेलिब्रिज पुल सञ्चालनमा आएपछि म्याग्दी र मुस्ताङ खण्डको काभ्रेभीरमा गएको पहिरो र नदी कटानले सडक सञ्चालन गर्न अझै कठिन परेको जनाईएको छ। उक्त स्थानमा करिडोर ,निर्माण कम्पनीका मजदुर र सुरक्षा निकायले जोखिम मोलेर सडक खुलाउने काममा खटिएको पाईएको छ।

म्याग्दीको अन्नपूर्ण गापा र मुस्ताङको थासाङ गाउँपालिका विभिन्न स्थानमा भएको अवरुद्ध सडक काम चलाउको रुपमा सञ्चालनमा ल्याए पनि काभ्रेभीर सडकको ट्रयाक खोल्न कठिन परेको करिडोरका सवईन्जिनीयर किरण घिमिरेले जानकारी दिए। काभ्रेभीर नजिकको साविक सडकको पुरै सडक संरचना पहिरोले भासिएपछि सडक खोल्न चुनौति बनेको छ। त्यहा सडक संरचना नभएको र ठुला/ठुला चट्टाने पहाड भएकाले काम गर्न गाहे परेका सवईन्जिनीयर घिमिरेले बताए। त्यहाको चट्टान फोरेर मात्र सडक खुलाउने अवस्था रहेकाले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा विस्पोटक पदार्थ विस्पोट गर्न अनुमति लिईएको थियो।

त्यहाँ बुधबार देखि नेपाली सेना र स्थानीयबासी ,निर्माण कम्पनीको सहयोगमा सडक स्रोन्नतिको काम सुरु गरेको शर्मा गजुरमुखिका सडक सुपरभाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए। यस्तै काभ्रेभीर ट्याक खोल्न मुस्ताङका संघ तथा प्रदेशका सांसदले पनि उक्तिकै पहल गरेको सुपरभाईजर शेरचनको भनाई छ। कोभ्रेभीरको चट्टान फोर्न अहिले करिव ३ दर्जन बढी होल खोलिएपनि मौसम प्रतिकुलताका कारण विस्पोटक पदार्थ पड्काउने काम हुन नसकेको थासाङका वडाध्यक्ष विशाल शेरचनले जानकारी दिए। उनका अनुसार त्यहा शुक्रबार ५ गते ट्याक आपेन गर्ने लक्ष्य रहेपनि बिहान अचानक सुख्खा पहिरो गएपछि सडकको काममा खटिएका मजदुर ,सुरक्षाकर्मी र सांसदहरुको टोलीको भागदौड चलेको थियो।

क्रिडोरका अनुसार निर्माणधिन सडक माथिबाट अझै ढुङ्गा र माटो खसेकाले काममा बाधा पुगेको जनाएको छ। अब मौसम सुधारसँग पहिरो पुर्ण रुपमा रोकिएपछि एकदिनमा सडक ट्रयाक आपेन हुने करिडोरले जनाएको छ। शुक्रबार सडक खुलाउन गएको सांसदको टोली सुख्खा पहिरोपछि त्यसै फर्किएको जनाईएको छ।

सडक अबरुद्धले मुस्ताङमा उत्पादित आलु र गाँजर कुहिन थालेको छ। गण्डकी प्रदेशको पोखरामा ट्रक मार्फत निर्यात गरिने आलु र गाजर सडक नभएपछि खेतबारीमा कुहिन थालेको थासाङ-२ का किसान सोजना हिराचनले जानकारी दिए। यस्तै ,बर्सेनि हरितालिका तिज पर्वमा निर्यात हुने २५ प्रतिशत स्याउ समेत कोराना कहर र सडक अवरुद्धले कारोबार रोकिएको हिराचनले बताए।

यसपटक स्याउ खरिद गर्ने व्यापारी समेत कोरोना र सडकले जिल्लामा नआएको उनको भनाई छ। झन्डै एक महिनासम्मको सिघा सडक अवरुद्धले मुस्ताङमा खाद्यान्न ,पेट्रोलियम पदार्थ र निर्माण समाग्री ढुवानीमा समस्या परेको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले बताए। उनले सडक खुलाउन सडक आयोजना ,सुरक्षा निकाय ,स्थानीयबासी र जनप्रतिनिधिको टोली निरन्तर खटिएको उल्लेख गरे। कान्तिपुर दैनिकमा सुन्दरकुमार थकालीले लेखेका छन् ।

प्रकाशित : भदौ ७, २०७७

प्रतिक्रिया दिनुहोस्