कोरोनाबाट अमेरिकामा एक नेपालीभाषीको निधन



एजेन्सी : अमेरिकाको ओहायो राज्यको ब्ल्याकलिक बस्ने नेपालीभाषी हरिकुमार राईको कोभिड–१९ बाट शुक्रबार निधन भएको छ ।

उनको निधन स्थानीय भुटानी समुदायको संस्था भुट्निज कम्युनिटी अफ सेन्ट्रल ओहायो बिसिसिओले पुष्टि गरेको छ ।

अमेरिकी सरकारले ९६ हजार १७८ भुटानीलाई पुनर्वास दिलाएको छ । यो संख्याको सबैभन्दा ठूलो हिस्सा ओहायो राज्यमा बस्दै आएको छ भने दोस्रो घना आबादी पेन्सलभेनियामा छ ।

कोरोना भाइरसबाट संक्रमित र निधन हुनेको पीडाभन्दा पनि काममा गुमाउने अहिले धेरै छन् । सन् १९५५ अगस्त ८ मा जन्मेका राईकी श्रीमती, छोरा र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्