एनएलजी इन्स्योरेन्सको बोलपत्र आह्वान



काठमाडौंः एनएलजी इन्स्योरेन्सले गत साउन २२ गतेदेखि २९ गतेसम्म बोलक बोल प्रक्रियामार्फत खरिद आह्वान गरेको शेयरको शिलबन्दी बोलपत्र आजबाट खोलिएको छ ।

सो बोलपत्र इन्स्योरेन्सको धितोपत्र निष्काशत तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । इन्स्योरेन्सले २०७६ फागुन २२ गतेदेखि २०७७ असार २५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको ८१ हजार २२४.७५ कित्ता र सर्वसाधारण तर्फको ७९ हजार ८५३.२५ कित्ता लिलाम बिक्री गरेको थियो ।

कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवेदकलाई सहभागि गराई शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकोले र स्वास्थ्य जोखिम पनि बढ्न सक्ने हुँदा लक्ष्मी क्यापिटलको फेसबुक लाइभमार्फत बोलपत्र खोलिने जनाएको छ । भदौ ८ गते सोमबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

प्रकाशितः ९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्