राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको बैठक स्थगित



काठमाडौंः राष्ट्रिय वाणिज्य बैंकको बुधबार बस्ने भनिएको सञ्चालक समितिको बैठक स्थगित भएको छ ।

सञ्चालक समितिको बैठकले उपेन्द्र कोइरालालाई अध्यक्ष बनाउने एजेण्डा रहेको थियो तर उपप्रधानमन्त्री एवं रक्षा मन्त्रीका सम्धीसमेत रहेका कोइरालालाई नियुक्त गर्ने तयारीको व्यापक विरोध भएपछि बैठक स्थगित भएको हो ।

मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपतिसमेत रहेका कोइरालामाथि आयल निगमको कार्यकारी अध्यक्ष, खाद्य संस्थानका महाप्रबन्धक लगायतका पदमा रहँदा अनियमितता गरेको आरोप लागेको थियो ।

उनलाई पहुँचकै भरमा फेरि वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्ष बनाउन लागिएको भन्दै चर्को विरोध भएको छ । उनलाई अध्यक्ष बनाउन सरकारले बैंकको सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीलाई राजस्व बोर्डको सदस्य बनाएको छ ।

प्रकाशितः १० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्