तत्काल साधारण शेयर निष्कासनमा रोक



काठमाडौंः नेपाल धितोपत्र बोर्डले तत्कालको लागि सर्वसाधारणका लागि जारी गरिने साधारण शेयर निष्काशनमा रोक लगाएको छ ।

भदौं १७ गतेसम्म आइपिओ निष्काशन नगर्ने र सामान्य अवस्थामा फर्केपछि पुन आइपिओ निष्कासन गर्ने स्रोतले जनाएको छ । बजारमा केही दिन अघि ३ वटा आइपिओ एकै चोटी निष्कासन गर्दा लगानीकर्तालाई शेयर भर्न गाह्रो परेको थियो ।

अहिलेको अवस्थामा साधारण शेयर निष्कासन गर्नु भनेको लगानीकर्तालाई सास्ती दिनु बोर्डको निश्कर्ष छ । केही कम्पनीहरु बोर्डबाट स्वीकृत लिएर आइपिओ निष्कासनको क्रममा रहेका छन् । तर ती कम्पनीले लकडाउन खुलेपछि मात्रै साधारण शेयर निष्कासन गर्न पाउने छन् ।

प्रकाशितः १० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्