सप्तकोशी डेभलपमेण्ट बैंकको सेयर नेप्सेमा सूचीकृत



काठमाडौंः सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधवार सूचीकृत भएको छ ।

कम्पनीले चुक्तापूँजी ७८ करोड ७१ लाख ११ हजार रुपैयाँको आधारमा ६ प्रतिशत बोनस शेयर वितरण गरेको हो । यो वोनस शेयर कम्पनीले गत असार २१ गते १२ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

उक्त कम्पनीले उक्त बोनस शेयर वापतको ४ करोड ७२ लाख २६ हजार ७०३ दशमलव ६८ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । यो शेयर भदौ ११ गतेदेखि कारोबारयोग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले उक्त शेयर आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।

प्रकाशितः १० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्