नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार



काठमाडौं: बुधवार नेप्से कारोबार भएको तेस्रो घण्टामा २४ .०२ अंकले बढेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो लागेको बजार कारोबारको यस अवधिमा १ दशमलव ६७ प्रतिशत बढेर १ हजार ४६४.९६ विन्दुमा पुगेको छ ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार, होटल्स र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी ९ समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । तेस्रो घण्टाको अवधिमा १८३ ओटा कम्पनीको १ अर्ब ८६ करोड रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २९ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयर मूल्य ७१८ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशितः १० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्