शुक्लाफाँटा निकुञ्जको १ करोड आम्दानी



कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६-७७ मा १ करोड ३४ हजार ७८५ राजस्व संकलन गरेको छ ।

अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले १४ लाख ११ हजार ४३७ बढी राजस्व संकलन गरेको हो । निकुञ्ज कार्यालयले आव २०७५-७६ मा ८६ लाख २३ हजार ३४७ राजस्व संकलन गरेको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालका अनुसार निकुञ्ज कार्यालयले २०७६-७७ मा काठ दाउरा बिक्री वितरणबाट ३५ लाख ८९ हजार ६६६ राजस्व सं संकलन गरेको छ ।

पर्यापर्यटनबाट ८ लाख २ हजार ६८७, दण्ड जरिवानाबाट २४ लाख ६० हजार १८९ र अन्य शिर्षकबाट ३१ लाख ८२ हजार २४३ राजस्व संकलन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६-७७ मा १ हजार ७७५ जना पर्यटकले भ्रमण गरेका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा ४ हजार २९४ले घटी हो । आव २०७५-७६ मा ६ हजार ६९ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना संक्रमण र जोखिमका कारणले चैत, वैशाख र जेठमा बन्दाबन्दीको अवस्था रहेकाले पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका प्रमुखको भनाइ छ ।

प्रकाशितः १० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्