कालिकोटको नाग्ममा पहिरो जाँदा १ जनाको मृत्यु, ७ जना वेपत्ता



कालिकोट : कालिकोटमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ७ जना वेपत्ता भएका छन् ।

पहिरोमा परी पुरिएको अवस्थामा एक जनाको शव फेला हो । साथै पहिरोमा परि घाइते भएका दुई उजाको उद्धार गरि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलीयाका अनुसार आइतबार बिहान जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा पाँच घर पुरिएको छन् ।

उनका अनुसार कालिकोट र जुम्लाको सीमानामा रहेको नाग्म बजारमा खसेको पहिरोमा पाँच घर पुरिएका छन् भने सात जनाभन्दा बढी स्थानीय वेपत्ता रहेको अनुमान गरिएको छ । पहिरो ग्रस्त स्थानमा रहेको प्रहरी चौकी नाग्मका प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाको खोजी कार्य जारी राखेका छन् ।

जिल्लाबाट इन्स्पेक्टर यक्षराज जोसीको नेतृत्वमा थप प्रहरीको टोली घटनास्थल पठाइएको छ ।

बजारमा पहिरोबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्