प्रदेश २ मा थप ४ जना कोरोना संक्रमितको मृत्यु



जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।

मृत्यु हुनेमा पर्साका २ जना, बाराका १ जना र सिरहाका १ जना पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–२० हरपतगंजका ५३ वर्षीय एक पुरुष र पर्साकै अन्दाजी ६० वर्षीय घरवारविहीन एक पुरुषको मृत्यु भएको छ । त्यस्तै बाराको कोल्हवि नगरपालिकाका ६० वर्षीय एक पुरुष र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर–६ का ६५ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ७८ पुरुष गरि ९४ जनाको मृत्यु भईसकेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै आज यस प्रदेशका ४८ पुरुष र ३ महिला गरि ५१ जना संक्रमितहरु निको भएर आ–आफ्नो घर फर्केका छन् ।

प्रकाशित : भदौ १६, २०७७

प्रतिक्रिया दिनुहोस्