रुपन्देहीमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु



तिलोत्तमा : रूपन्देहीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिम रामग्राम–५ की ६५ वर्षीया महिलाको मंगलबार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए ।

खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी उनलाई त्यहाँ आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरिएको थियो ।

अस्पतालका फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार श्वासप्रश्वासमा समस्या आएपछि ती महिलाको मृत्यु भएको हो । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।

यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्