उपत्यकामा ३८८ सहित देशभर ११२० जना कोरोना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ११२० जनामा कोरोना संक्रमण भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये ३ सय २० महिला र ८ सय पुरुष रहेका छन् ।

यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २ सय ९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।यसैगरी काठमाडौं उ

पत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३ सय ५० जना संक्रमित थपिएका छन् । ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : भदौ १७, २०७७

प्रतिक्रिया दिनुहोस्