१ वर्षिया बालिकासहित घोडाघोडीमा ६ जना कोरोना संक्रमित थपिए



सुखडः कैलालीको घोडाघोडीमा १ वर्षिया बालिका सहित ६ जनामा कोरोना पुष्टि भएको छ ।

आज (बुधबार) सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा घोडाघोडीका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार वडा नं.१ का १ वर्षिया बालिकासहित ६ जनामा कोरोना पुष्टि भएको छ । ३ महिला र ३ पुरुषमा संक्रमण कोरोना देखिएको उनले बताएका छन् ।

उनीहरु केही दिन अगाडी भारतबाट सिधै आएर होम क्वारेन्टिमा बसेका थिए । स्वास्थ्य शाखाले भाद्र १४ गते उनीहरुको स्वाव संकलन गरी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको स्वास्थ्य शाखाका प्रमुख कैलाश कुमार रावतले बताए । स्वास्थ्य अवस्था हेरी आईसोलेशनमा राखिने उनले बताए । यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ९७ पुगेको घोडाघोडी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्