प्रदेश २ मा एक कोरोना संक्रमितको मृत्यु, २५० जना नयाँ संक्रमित थपिए



जनकपुरधाम: प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै २ सय ५० जना संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने संक्रमितको संख्या १० हजार ५ सय ५६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

आज बाराको सिमरौनगढ नगरपालिका वडा नम्बर-९ का ९७ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ७९ पुरुष गरि ९५ जनाको मृत्यु भईसकेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३६, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै यस प्रदेशमा पछिल्लो २४ घण्टामा ६६ महिलासहित २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार धनुषाका ५८, बाराका ५२, सर्लाहीका ५१, महोत्तरीका २९, रौतहटका १८, सप्तरीका १५, पर्साका १४ र सिरहाका १३ जना संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या १० हजार ५ सय ५६ पुगेको छ । संक्रमितमध्ये ८ हजार ९ सय २८ पुरुष र १ हजार ६ सय २८ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा २ सय ५० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

धनुषाको जनकपुरधाममा १२ जना, पौडेश्वरमा १, लक्ष्मीनियाँ गाउँपालिकामा ३, मेगा बैँकमा कार्यरत्त लक्ष्मीनियाँकै १, वटेश्वर गाउँपालिकाका ९, शहिदनगर नगरपालिकामा १, मिथिला नगरपालिकामा ४, मिथिला विहारी नगरपालिकामा १, फुलगामामा १, गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारमा ३, धनुषाधाम नगरपालिकामा १, छिरेश्वरनाथ नगरपालिकामा १, कृष्णपुरमा १, नेपाल बैँक लिमिटेडका २, कुम्हरौडामा १, एपिफ धनुषाका २, धनौजी गाउँपालिकाका १, समाज विकासका १, कपिलेश्वरका १, जनकपुर घर भई संघिय आायेजनामा स्वाब संकलन भएका २, काव्या अस्पतालका १, प्रादेशिक अस्पतालका ३, काठमाडौँको पिपिएचएलमा स्वाब संकलन भएका १ र ठाउँ नखुलेको स्थानका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै बाराको कलैया उपमहानगरपालिकामा ४७ जना, कलैया उपमहानगरकै १२ नं। गणका ३ जना, वडा नं। ७ का १ जना र सिम्रौनगढ नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिकामा ३९ जना, चन्द्रनगर गाउँपालिकामा ५, गोडैता नगरपालिका र धनकौल गाउँपालिकामा २-२, विपिकेएमसिएच, बलरा नगरपालिका र कविलासी नगरपालिकाका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा २, सम्सी गाउँपालिकामा ४, मनरा सिसवा नगरपालिकामा १७, सोनामा गाउँपालिका घर भई प्रादेशिक अस्पतालमा रहेका १, गौशाला नगरपालिकामा ३, खैरवनीका सशस्त्र प्रहरीमा १ र खैरवनीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको माधव नारायण नगरपालिकामा ३, दुर्गा भगवती गाउँपालिकामा ४, परोहा नगरपालिकामा ५, बृन्दावन नगरपालिकामा ५ र चन्द्रपुर नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सप्तरीको कञ्चनरुप नगरपालिकामा १०, तिलाठी कोईलाडी गाउँपालिकामा ४, राजविराज नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साको वीरगंजमा ४ जना, बहुदरमाई नगरपालिकामा ७, बहुदरमाई नगरपालिकाको ग्लोबल आईएमई बैँकका १, कालिकामाई गाउँपालिका हरिहरपुरका १ र ठाउँ नखुलेको स्थानका १ जनामा संक्रमण पुष्टि भएको छ भने सिरहाको गोलबजार नगरपालिकामा ५, माडरमा १, औरही गाउँपालिकामा १, बनैपुरमा १, विष्णुपुर गाउँपालिकामा २, गौरीपुरमा १, सखुपुरमा १, सिकरौनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा १४ हजार ४ सय ३६, सिरहामा ७ हजार ४ सय ८९, धनुषामा ११ हजार ४ सय २४, महोत्तरीमा ६ हजार १ सय ९८, सर्लाहीमा ११ हजार ८ सय ३३, रौतहटमा २० हजार ७ सय ६०, बारामा ९ हजार २ सय २७ र पर्सामा १९ हजार २ सय १४ गरि जम्मा १ लाख ५ सय ८१ जनाको स्वाब परिक्षण गरिएकोमा १० हजार ५ सय ५६ जना संक्रमित भएका छन् भने ८४ हजार ६ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ६२, सिरहामा ४ सय ४३, धनुषामा ६ सय ४०, महोत्तरीमा ४ सय ५०, सर्लाहीमा १ हजार, रौतहटमा १ हजार १ सय २०, बारामा ४ सय २५ र पर्सामा २ सय ७८ गरि कुल ५ हजार ४ सय १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय २२, सिरहामा ३ सय २१, धनुषामा १ सय ९३, महोत्तरीमा २ सय, रौतहटमा ९७ र बारामा ६२ गरि ९ सय ९५ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १० हजार २७ बेड क्षमताको १ सय ९६ वटा क्वारेन्टाइनमा अहिले ६ सय ३५ जनालाई राखिएको छ भने १ हजार ६ सय ३१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ८७ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३२, सिरहामा १ सय २८, धनुषामा ६९, महोत्तरीमा २८, सर्लाहीमा ९७, रौतहटमा ५६, बारामा ८२ र पर्सामा ४ सय ९८ गरि १ हजार ९० जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ६६, सिरहामा ३, धनुषामा ६ सय ६५, महोत्तरीमा ७ सय ९४, सर्लाहीमा ७ सय ८६, रौतहटमा ७ सय ६५, बारामा ४ सय ७६ र पर्सामा ७ सय ४५ गरि ४ हजार ३ सय जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार २ सय ४० जना संक्रमित भएका छन् । रौतहटमा १ हजार ६ सय ५४, धनुषामा १ हजार ६ सय ३४, सर्लाहीमा १ हजार ६ सय १४, महोत्तरीमा १ हजार २ सय ८३, बारामा ९ सय १३, सप्तरीमा ८ सय ६ र सिरहामा ४ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ९० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ८३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका ७, धनुषाका १२, रौतहटका २० र पर्साका ४४ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय २, सिरहाका ३ सय १८, धनुषाका ८ सय ८८, महोत्तरीका ४ सय ५१, सर्लाहीका ७ सय २८, रौतहटका ८ सय २८, बाराका २ सय ९६ र पर्साका ९ सय ६० गरि ५ हजार ७१ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्