निर्माता प्रज्ञा जोशी पक्राउ



काठमाडौं : कलाकार तथा निर्माता प्रज्ञा जोशी पक्राउ परेकी छिन् । उनी ठगी आरोपमा आइतबार इटहरीबाट पक्राउ परेकी हुन् । 

जग्गाको कारोबार गर्दा उनले दिएको चेक बाउन्स भएपछि उनी विरुद्ध प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समीर चन्द्र खरेलले महानगरीय प्रहरी परिसर काठमाडौँबाट प्राप्त सूचनाको आधारमा सोमबार पक्राउ गरी उनलाई काठमाडौँ पठाइएको जानकारी दिए । 

लामो समयदेखि उनी लुकिछिपी इटहरीमा बस्दै आएकी थिइन् । उनलाई सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्