उपत्यकामा ४४५ सहित देशभर १२२८ जना संक्रमित थपिए



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ सहित देशभर १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ४ सय १३ नमुना परीक्षण गर्दा ३ सय ९४ महिला र ८ सय ३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३ सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ९ सय १७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्