प्रदेश २ मा शनिबार ८१ नयाँ संक्रमित थपिए, २४३ जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २५ महिलासहित ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ११ हजार ५८ पुगेको छ । संक्रमितमध्ये ९ हजार ३ सय १३ पुरुष र १ हजार ७ सय ४५ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । शनिबार सप्तरीका ३३, महोत्तरीका २५, बाराका १२, पर्साका ८ र धनुषाका ३ जना संक्रमित भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ८१ जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।

सप्तरीमा संक्रमण पुष्टि भएकाहरु बोदेबरसाइन नगरपालिका वडा नम्बर-६ र ८ का १८ देखि ४५ वर्ष उमेर समुहका ३ पुरुष, राजविराज नगरपालिका वडा नम्बर-३,४,५ र ८ का १८ देखि ७९ वर्ष उमेर समुहका ३ महिला र १२ देखि ४० वर्ष उमेर समुहका ६ पुरुष, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर-२ का ७० वर्षीया एक महिला र २२ देखि ४७ वर्ष उमेर समुहका ४ पुरुष तथा तिरहुत गाउँपालिकाका ८ देखि ५५ वर्ष उमेर समुहका ७ महिला एवं १७ देखि ७२ वर्ष उमेर समुहका ९ पुरुष रहेका छन् ।

महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराका २२ वर्षीया एक युवती र ३० वर्षीय एक पुरुष, पिपरा गाउँपालिका–५ का ३७ वर्षीया एक महिला, गौशाला नगरपालिका वडा नम्बर–१,४,५ र १२ का १ वर्षीया एक बालिका तथा ३३ देखि ५८ वर्ष उमेर समुहका ३ महिला एवं १ देखि ५९ वर्ष उमेर समुहका १३ जना बालकदेखि पुरुषसम्म रहेका छन् भने गौशाला नगरपालिका घर भई हाल स्वास्थ्य कार्यालय धनुषामा कार्यरत ३५ वर्षीय एक पुरुष समेत संक्रमित भएका छन् । त्यस्तै बर्दिबासस्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी गणका ३२ वर्षीया एक महिला एवं २८ र २९ वर्षीय २ जना पुरुष तथा औरही नगरपालिका-९ का ४५ वर्षीय एक पुरुष पनि संक्रमणको चपेटामा परेका छन् ।

बाराका संक्रमितहरु जितपुर सिमरा उपमहानगरपालिकास्थित आर्मी ब्यारेकका २६ देखि ३० वर्ष उमेर समुहका ३ पुरुष, सिमरौनगढ नगरपालिका वडा नम्बर-६, ८ र १० का ४० वर्षीया एक महिला र २३ देखि ६५ वर्ष उमेर समुहका ५ पुरुष र जिल्ला प्रहरी कार्यालय कलैयाका ४५ देखि ६२ वर्ष उमेर समुहका ३ पुरुष रहेका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका-१६ का १६ र २९ वर्षीया २ जना महिला, पर्सागढी नगरपालिका-४ का २० वर्षीया एक युवती र ४४ वर्षीय एक पुरुष, पर्सागढी नगरपालिका जसौलेका ३२ वर्षीय एक पुरुष र नविल बैंक लिमिटेडका २६ एवं ४५ वर्षीया २ महिला तथा २५ वर्षीय एक पुरुष कोरोना संक्रमित भएका छन् ।

त्यस्तै धनुषाको ल्याण्ड रिफर्मका ४२ वर्षीय एक पुरुष, वल्र्ड लिङ्कका २४ वर्षीय एक पुरुष र जनकनन्दनी गाउँपालिका घर भई हाल स्वास्थ्य कार्यालय धनुषामा कार्यरत रहेकी २४ वर्षीया एक महिला संक्रमित भएका छन् ।

प्रदेशभरीमा शनिबारसम्म सप्तरीमा १५ हजार १ सय २६, सिरहामा ८ हजार १ सय ६९, धनुषामा ११ हजार ६ सय ७७, महोत्तरीमा ६ हजार ३ सय ६, सर्लाहीमा १२ हजार २ सय ७६, रौतहटमा २१ हजार ४ सय ४२, बारामा ९ हजार ५ सय ३८ र पर्सामा १९ हजार ५ सय २४ गरि जम्मा १ लाख ४ हजार ५८ जनाको स्वाब परिक्षण गरिएकोमा ११ हजार ६१ जना संक्रमित भएका छन् भने ८८ हजार २ सय ५२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार ३ सय १८, सिरहामा ३ सय ३७, धनुषामा ५ सय ५०, महोत्तरीमा ३ सय, सर्लाहीमा ८ सय ९९, रौतहटमा ८ सय, बारामा ५ सय २९ र पर्सामा १२ गरि कुल ४ हजार ७ सय ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा २ सय ४, सिरहामा ३८, धनुषामा ४२, सर्लाही २ सय ७२, बारामा २० र पर्सामा १२ गरि ५ सय ८८ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ९ सय ९२ बेड क्षमताको १ सय ७७ वटा क्वारेन्टाइनमा अहिले ५ सय ६६ जनालाई राखिएको छ भने १ हजार ७ सय १८ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १७ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३४, सिरहामा १ सय २७, धनुषामा ५८, महोत्तरीमा ४५, सर्लाहीमा ७५, रौतहटमा २६, बारामा २५ र पर्सामा ४ सय २५ गरि ९ सय १५ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ९१, सिरहामा ३, धनुषामा ७ सय ४६, महोत्तरीमा ८ सय ६२, सर्लाहीमा ८ सय १७, रौतहटमा ८ सय २, बारामा ३ सय ९४ र पर्सामा ७ सय २९ गरि ४ हजार ४ सय ४४ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ३ सय ४३ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ७ सय ३७, रौतहटमा १ हजार ७ सय १, सर्लाहीमा १ हजार ६ सय ४५, महोत्तरीमा १ हजार ३ सय ७०, बारामा ९ सय ६९, सप्तरीमा ८ सय ७४ र सिरहामा ४ सय २२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २ सय ४३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ६, सिरहाका २६, बाराका १ सय ६६ र पर्साका ४५ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय ४१, सिरहाका ३ सय ५७, धनुषाका ९ सय २१, महोत्तरीका ४ सय ५३, सर्लाहीका ७ सय ५०, रौतहटका ८ सय ६८, बाराका ४ सय ६२ र पर्साका १ हजार १ सय ५० गरि ५ हजार ६ सय २ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा अहिलेसम्म सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १३, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ गरि १ सय जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशितः २० भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्