एकै गाउँका चार बालबालिका सम्पर्कविहीन



सोलुखुम्बु : माप्य दुधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।

स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सीस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन् ।

साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी कार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्