सरकारले आधा घटायो पिसिआर परीक्षणको शुल्क



काठमाडौँ : सरकारले पिसिआर परीक्षणको शुल्क आधा घटाएको छ।

आज (आइतबार)को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अधिकतम परीक्षण शुल्क दुई हजार रुपैयाँ तोकिएको जानकारी दिएका हुन् ।

अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ मात्र लिन पाउने छन् । यसअघि मन्त्रालयले पिसिआर परीक्षणको शुल्क प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनेको थियो ।

मन्त्रालयका अनुसार विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्व बजारमै यसको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको हो ।

प्रतिक्रिया दिनुहोस्