मौसममा खराबी आएकाले प्रधानमन्त्री ओलीको सुनसरी भ्रमण रद्द



काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको सुनसरी भ्रमण रद्द भएको छ । सुनसरीको चतरामा आयोजना गर्न लागिएको अर्धमहाकुम्भ मेलाको उद्घाटनमा दुवै जना सहभागी नहुने भएका छन् ।

मौसममा खराबी आएकाले चतरा जाने प्रधानमन्त्रीको निर्धारित कार्यक्रम स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्