संचार गृहमा आक्रमण गर्ने अनेरास्ववियूका सदस्य निलम्बनमा



धनगढीः दिनेश संचार गृहमा आक्रमण गर्ने अनेरास्ववियूका कार्यकर्ता संगठनबाट निलम्बनमा परेका छन् ।

सत्तारुढ दल नेकपा निकट अनेरास्ववियुका दुई जना कार्यकर्तालाई संगठनले निलम्बन गरेको हो । गत २६ गते दिउँसो संचार गृहमा पुगेर आक्रमण गर्ने धनगढी उपमहानगरपालिका ५ का प्रमोद खड्का र कुबेर खड्कालाई मुद्दाको फैसला हुँदा सम्मका लागि निलम्बन गरिएको अनेरास्ववियु कैलालीले विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

उनीहरु दुवै जना अनेरास्ववियु कैलालीका जिल्ला सदस्य हुन् । जिल्ला संयोजक कुमार बडैला र सह संयोजक समिर जोशीद्वारा जारी विज्ञप्तीमा संचार गृह र पत्रकारमाथि भएको आक्रमण घटनाको अनुसन्धानमा सहयोग पुर्याउनका लागि दुबै जनालाई संगठनको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको उल्लेख छ । अनेरास्ववियुले मिडियााथि भएको आक्रमणमा संगठनको भने कुनै भूमिका नरहेको जनाएको छ ।

संगठनले घटनाको भत्सर्नासमेत गरेको छ । विज्ञप्तीमा थुनुवा कक्षभित्रै मृत्युको घटनाप्रति पनि ध्यानाकर्षण भएको उल्लेख गरेको छ भने घटनाको छानविन गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशितः ३१ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्