ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-९ जोरबाटोस्थित भित्री सडकखण्डमा मालबहाक ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४ ख ३४४३ नं.को ट्रकले प्र १-०२०-०४१ प २२२९ नं.को मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक उर्लाबारी-९ का २९ वर्षीय देउकुमार लिम्बूको मृत्यु भएको छ । बिहान ६ः४० बजेतिर दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा झापाको बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक मोरङको रतुवामाई नगरपालिका-१० का २४ वर्षीय रेवतप्रसाद सुवेदीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित :१६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्