प्रदेश १ मा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि



विराटनगर : प्रदेश नं.१ मा आज २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्यामा यो अहिलेसम्मकै उच्च हो ।

सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३-३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ ।

संक्रमण देखिएका मध्ये ४८ महिला र ५० पुरुष छन् । सुनसरीकै दुहवीमा ३ महिला ६ पुरुष, इटहरीमा १ महिला ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १-१ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ ।

मोरङको विराटनगरमा ३१ महिला ५६ पुरुष, सुनबर्षीमा ४ महिला १ पुरुष, ग्रामथानमा १ महिला ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १-१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १-१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।

शनिबार २८७ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २६३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९-९, गढी आइसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ ।

प्रदेश १ मा शनिबार १ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ । हालसम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित :१७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्