कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु



विराटनगर : कोरोना संक्रमणका कारण विराटनगरमा ६२ वर्षीय पुरुषको मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोभिड उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार उपचारको क्रममा आइतबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

शुक्रबार कोरोना पोजेटिभ देखिएका पुरुषको स्वास्थ्यमा थप समस्या आएपछि विराट मेडिकल कलेजले उनलाई शनिबार कोशी अस्पताल रेफर गरेको थियो । सिग्देलका अनुसार उनी मधुमेहका बिरामी थिए ।

प्रकाशित : असोज १८, २०७७

प्रतिक्रिया दिनुहोस्