धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



धरान : धरानमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीको धरान–१५ घर भएका ५५ वर्षीय पुरुषको आज (सोमबार) बिहान पौने सात बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार यही असोज १६ गते प्रतिष्ठानमै गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ती पुरुषमा पहिलेदेखि नै मृगौलाको र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित : असोज १९, २०७७

प्रतिक्रिया दिनुहोस्