नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो



काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ९० हजार ८१४ संक्रमितको संख्या पुगेको जनाए । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ ।

काठमाडौँ उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना संक्रमित देखिएका हुन् ।

यसैगरी नेपालमा कोरोनाबाट ५६३ जनाको मृत्यु भएको छ । मंगलबार उपत्यकाका ५ सहित ९ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

२४ घण्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् । हालसम्म भने १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए ।

प्रकाशित : असोज २०, २०७७

प्रतिक्रिया दिनुहोस्