बुधबार थपिए ३४३९ संक्रमित, १५ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टमा बुधबार थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या हालसम्मकै उच्च हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ९४ हजार २५३ संक्रमितको संख्या पुगेको जनाए ।

देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २५ हजार ७ जना रहेको प्रवक्ता गौतमले जनाएका छन् ।

यसैगरी बुधबार काठमाडौँ उपत्यकामा थप १६८४ जना कोरोना संक्रमित गपिएका छन् । काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालमा अहिलेसम्म ५ सय ७८ सङ्क्रमितको मृत्यु भएको देखिन्छ ।

निको हुने सङ्क्रमितको सङ्ख्या ६८ हजार नाघेको छ । आज थपिएका सङ्क्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असोज २१, २०७७

प्रतिक्रिया दिनुहोस्