उपत्यकामा २५४० सहित देशभर ४३६४ जनामा कोरोना संक्रमित



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

 थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित भेटिएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५९० पुगेको छ  भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार ७१७  जना रहेका छन् भने होम आइसोलेसनमा १४ हजार ९४७ जना छन् । 

प्रकाशित : असोज २२, २०७७

प्रतिक्रिया दिनुहोस्