तोलामा सुनको भाउ ९ सयले बढ्यो



काठमाडौं :यो साताको अन्तिम दिन आज (शुक्रबार) सुन तोलामा ९ सय रुपयैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ९ सय रुपैयाँ बढेपछि शुक्रबार सुन तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँ घटेर सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । शुक्रबार चाँदीको मूल्यसमेत बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित :२३ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्